पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि गरिएको छ ।

सोमबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो । उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी,सुरक्षा निकायका प्रमुख, नेता-कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको भीड लागेको थियो।

कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार निधन भएको थियो ।

श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत पुगेका थिए ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *