नेप्से परिसुचकमा सामान्य बृद्धि
काठमाडौँ । बुधबार नेप्से ९ अंकले बढेको छ ।
आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ९ करोड २८ लाख बराबरको कारोबार भएको थियो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज गुराँस लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ३२ करोड ८१ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकास कपनिको सबै भन्दा बढी ७ लाख ६४ हजार ५१९ कित्ता शेयर कारोबार भएको छ ।