काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना नतिर्ने पक्षमा एमाले

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेर पठाएको पत्र प्राप्त नभएको जनाएको छ । बालेन्द्र शाहले पत्र पठाएपनि बालेनको तिव्र टिक्काटिप्णीका कारण जरिवाना नतिर्ने पक्षमा एमाले रहेकोे जनाएको छ ।

मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीका अनुसार एमालेलाई काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र एमाले केन्द्रीय कार्यालयमा पुगेको छैन् ।

नेकपा एमालेले भने कार्यक्रम सकिएलगतै आफैले उक्त फोहोर सफा गरेको बताएको छ ।

तर बालेन शाहले एमालेको कार्यक्रमका बिच सामाजिक संञ्जालमा एमालेले फोहोर गरेर फोहोर नउठाएको भन्दै रु एक लाख जरिवान तिराउने भन्दै सुचना जारी गरेपछि नेकपा एमालेले महानगरपालिकाको निर्देशन गलत भएको बताएको छ।

के थियो त बालेनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पत्रमा ?

एमालेको सभा सकिए लगत्तै काठमाडौं महानगरको नगर प्रहरी बलले ‘जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभाबी फोहोर मैला गरी वातावरण प्रदूषण गरेको’ भन्दै फोहोर मैला व्यवस्थापन ऐन,२०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना तोकेको थियो । 

एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सन्जालमा लेखेका छन् । उनले मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेका छन ।

उनले लेखेका छन्

काठमाण्डौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो ।

तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।

काठमाडौँका मेयर बालेन शाह र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिच मनमुटाब चलिरहेको छ । बालेनले बेला बखतमा सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओली र सिङ्गो पार्टीलाई कटाक्ष गरिरहेका हुन्छन् । यता एमाले अध्यक्ष ओलीले पनि सार्वजनिक कार्यक्रम मार्फत प्रतिक्रियाहरू दिइरहेका हुन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *