परराष्ट्र मन्त्री आरजु राणा चीन प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहेकी वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गते सम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्र मन्त्री राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा उनीहरुले प्रधानमन्त्री के.पी. शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देश बीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *