सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो । सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन मक्मलेनले अर्ध शतक बनाए । उनले ३६ बलमा ५३ रन बनाए यता कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रनको आक्रामक पारि खेले ।

ओपनर विनोद भण्डारीले ३५ रन बनाए । सेफ अलि जेबले ११ रनको योगदान दिए । रोहन मुस्ताफा ४ रनमा बोल्ड भए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *