कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो ।
उक्त ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । नगद लाभाशं वापतको रकम साधारण सभाबाट पारित भएलगत्तै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको बैंकले जनाएको छ । यदि कुनै सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा भएको नदेखिएमा वा कुनै जिज्ञासा भएमा कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले बताएको छ ।