हुन्डाईको सान्टा फे लाई ‘कार अफ द इयर २०२५’
काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको उत्पादन ‘सान्टा फे’ ले ‘कार अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको छ । कारवाउ अवार्ड्समा सान्टा फेले उक्त अवार्ड प्राप्त गरेको हुन्डाईले जनाएको छ । मूल्य, क्षमता, आरामदायीपना लगायत बुँदामा आधारित रहेर कारवाउको सम्पादकीय टोलीले वार्षिक सयौं कारबारे मूल्यांक गरिरहेको हुन्छ ।
सोही आधारमा सान्टा फे कार अफ द इयर भएको हो । त्यसैगरी सान्टा फेले फेमिली भ्यालुज अवार्ड पनि पाएको छ भने ह्वाटकारका तर्फबाट बेस्ट हाइब्रिड सेभेन सिटर अवार्ड पाएको छ । त्यस्तै एसोसिएसन अफ स्कटिस मोटरिङ राइटर्सका तर्फबाट सान्टा फेले आईसीई कार अफ द इयर पनि पाएको छ । हुन्डाईको आयोनिक ५ एनले टेक ट्रेलब्लेजर अवार्ड प्राप्त गरेको छ ।