चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्यो

काठमाडौँ । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । चितवनले दिएको १६४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १३१ रनमा अल आउट भयो

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको सुदुरपश्रिम १८.२ ओभरमा अल आउट भयो ।

सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए ।

बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी–इटन, कप्तान कुशल मल्ल, र अमरसिंह रौटेलाले २–२ विकेट लिए । शोहिल तनविर र रन्जित कुमारले एक विकेटको योगदान दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *