रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । रविलाई पछिल्लोपटक थपिएको चार दिनको म्याद आज सकिने भएपछि अदालत उपस्थित गराउन लागिएको हो ।

अझै केही समय हिरासतमै राखेर अनुसन्धान गर्नेगरी म्याद थपको माग गर्न रविलाई अदालत उपस्थित गराउन लागिएको बताइएको छ । सहकारी ठगी प्रकरणमा रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका रविलाई पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *