बाढी पीडितका लागी लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणको ३८ हजार ४ सय १० सहयोग

भक्तपुर । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणले आर्थिक सहयोग गरेको छ। क्लबका चार्टर प्रेसिडेन्ट लायन शिवहरि केसीले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचको खातामा जम्मा हुने गरी रु. ३८ हजार ४ सय १० सहयोग रकम डिष्ट्रिक्ट सचिवालयमै पुगेर हस्तान्तरण गर्नुभएको हो। उक्त रकम चिफ डिष्ट्रिक्ट एडमिनिष्ट्रेटर लायन विनोदकुमार उपाध्याय, क्लबका प्रथम उपाध्यक्ष इन्जिनियर लायन विज्ञानेश्वर माकजु, कोषाध्यक्ष लायन उमा थपलिया, उप सचिब ओमहरि प्रधान,सदस्य राज कुमार प्रधान, सदस्य फुल माया पाइन लगायत क्लबका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो। बाढी तथा विपद्बबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले गरिएको सहयोगप्रति क्लबका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *