लुम्बिनी कर्णालीसँग ५ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ ।

आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनले पराजित भएको हो । सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरूमा लड्खडाउँदा हार स्वीकार्न वाध्य भयो ।

टस जितेर पहिले बलिङ गरेको लुम्बिनीले १२९ रनको लक्ष्य पाएको थियो । लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्रै जोड्न सक्यो । अन्तिम बलमा ६ रनको आवश्यकता थियो तर ब्याट्सम्यान रन लिन सकेनन् ।

लुम्बिनीका लागि टोम मूलेसले सर्वाधिक ३६ रन बनाए । यस्तै, सन्दीप जोराले २४ रन बनाए । आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ रन बनाए ।

कप्तान रोहित पौडेल १० रनमा आउट हुँदा साद बिन जफरले १६ रन बनाए ।

कर्णालीका लागि जीसम मक्सुदले २ विकेट लिए । सोमपाल कामी, नन्दन यादव, विलियम बसिस्टो र विपिन शर्माले १-१ विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *