ओलीको आत्मसमीक्षा- पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिए

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको चित्रण गरेका छन् ।

केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचारमा अडिने र त्यसलाई अघि बढाउने इमानदारी चाहिने बताए । ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।

चीनमा ९ करोड पार्टी सदस्यहरू एउटै नेतृत्वको वरिपरि गोलबद्ध रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही हो भनेर कुद्यो भने पार्टीलाई एकताबाट टाढा लैजाने बताए । ओलीले भने, ‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने । असहमति राखेर आफूलाई कुछ हौँ भन्ने पृथक् देखाउन खोज्ने प्रवृत्ति । प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तर्विरोध पैदा गरेर राज गर भन्ने नीति नै हो ।’

ओलीले सबै ठाउँको अन्तर्विरोध मुख्य नेतृत्वले हल गरिदिन नसक्ने र नपर्ने भन्दै सही विचारका आधारमा त्यसका अनुयायीहरूले मिलाउनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *