वैदेशिक रोजगारीबाट प्राप्त सीप मुलुकको विकासमा लगाउनुपर्नेमा जोड : मन्त्री सिंह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएका सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिएका छन् । 

त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले विदेशमा गरेका काम, सिकेका सीप र पुँजीलाई स्वारोजगारमूलक क्षेत्रमा लगानी गरी मुलुकको आर्थिक विकास गर्नुपर्ने बताए ।

“नेपालबाट रोजगारीका लागि विदेश जाने युवाहरू धेरै छन्, उनीहरूले निश्चित समयसम्म मात्र त्यहाँ काम गर्न पाउँछन्, त्यहाँ कमाएको सीप र पुँजीलाई नेपालमा ल्याएर प्रयोगमा ल्याउन सके मुलुकको आर्थिक विकासमा सहयोग  पुग्नेछ”, मन्त्री भण्डारीले भने । चर्को ब्याजदर लिएर विदेश जाने श्रमिकलाई लक्षित गरी सरकारले बिना धितो ऋणको व्यवस्था मिलाउन लागेको उनले बताए । 

विदेश जानुभन्दा पहिले लिनुपर्ने चर्को ब्याजदर र विदेश गएपछि अकालमा मृत्युवरण गर्नुपरेको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै श्रममन्त्री भण्डारीले सीप विकास गरी आधिकारिक निकायबाट मात्र वैदेशिक रोजगारीमा जान युवालाई आग्रह गरे । श्रम स्वीकृतिबिना अवैध रूपमा विदेश गएर समस्यामा परेका नेपालीको उक्त समस्या दीर्घकालीन समाधान गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले उल्लेख गरे । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *