संसद् सचिवालयले सूचना जारी गर्दै, लामिछाने निलम्बनमा

काठमाडौं । संसद् सचिवालयले सूचना जारी गर्दै रवि लामिछाने निलम्बनमा परेको बारे जानकारी गराएको छ । यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको पत्रपछि संसद्ले निलम्बनमा राखेको सूचना जारी गरेको हो ।

लामिछाने अब मुद्दाको किनारा नलागेसम्म निलम्बनमा रहनेछन् । उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण अभियोगमा आइतबार मुद्दा दायर भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *