मंगलबारको भूकम्पबाट नेपालमा अहिलेसम्म २२ लाख बढीको क्षति

काठमाडौँ । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा पनि क्षति भएको विवरण आउनेक्रम जारी रहेको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पमा प्रभावित भएका ११ को उद्धार गरिएको र काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका छन् ।  यस्तै अहिलेसम्म भूकम्पले एक घर पूर्ण रुपमा क्षति भएको छ भने १७ घर आंशिक क्षति भएको छ । त्यस्तै एक विद्यालय, २ प्रहरी कार्यालय, रामेछापमा एउटा गोठ तथा २ सरकारी कार्यालयमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । यस भूकम्पबाट अहिलेसम्म २२ लाख २५ हजार बराबरीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यस भूकम्पबाट चीनमा भने अहिलेसम्म १३५ जनाको मृत्यु भएको छ भने १८८ भन्दा बढी घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *