वीपी काग्रेसका पदाधिकारीद्वारा पार्टी परित्याग गरेको समाचार प्रति बीपी काग्रेसको ध्यानाकर्षण

काठमाडौ । देशका विभिन्न समाचारपत्र न्युज पोर्टल लगायत अन्य सञ्चार माध्यमद्वारा बि पी काँग्रेसको नाम जोड्दै त्यसका पदाधिकारी द्वारा पार्टी परित्याग गरेको समाचार प्रति बिपी काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिपी काँग्रेसका सभापति सुशिलमान शेरचनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ – ‘पौष २२ गते सोमबार देशका विभिन्न समाचारपत्र न्युज पोर्टल लगायत अन्य सञ्चार माध्यमद्वारा बि पी काँग्रेसको नाम जोड्दै त्यसका पदाधिकारी द्वारा पार्टी परित्याग गरेको समाचार प्रति बिपी काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । बिपी काँग्रेसको मिति २०८१।०९।२३ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको तत् तत समाचार सम्बन्धमा सत्य तथ्य समाचार सम्प्रेषण गर्ने निर्णय बमोजिम यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

समाचार अनुसार २०८१ ०९। २२ गते १२ जनाले पार्टी परित्याग गरेको भनिए‌कोमा वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सह महामन्त्री, केन्द्रीय सदस्य भनी दशांइएकोमा मिति २०७९।१०। १४ १५ गते बसेको केन्द्रीय समितिको एघारौँ बैठकले निर्णय गरे बमोजिम तथा २०७९। १०। १५ को केन्द्रीय पदाधिकारी बैठकको निर्णय अनुसार वहाहरु तत् तत् पदमा नरहेको जानकारी गराउँदछौँ । केन्द्रीय समिति सदस्य भनिएका अजन लामा (२००७८) यम व. आले र (२००७८) मै पार्टीमा आबद्ध नरहेको जानकारी गराउँदछौँ ।

उपसभापति भनिएका विष्णु ढकाल २०७९, ०२।२२ गते नै पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा स्वीकृत गरिएका पात्र हुन भने भरत शर्मा २०७८ १२ १७ बाटै पार्टी सम्पर्क भन्दा बाहिर रहेको थिए अर्का गोविन्द शम परियार डी एल ए को निर्वाचनका समय देखि पार्टी सम्पर्क टुटाउँदै २०८० ०२ १० देखि पार्टी सम्पर्कमा रहेका थिएनन् । त्यस्तै के.स.स भनिएका केशव ढुङ्गाना बिपी काँग्रेसको सदस्य नै नरहेको जानकारी गराउँदछौँ ।

त्यस्तै गरी गोविन्द प्रसाद शर्मा, भक्तराज भुसाल र शिव प्रसाद सिम्खडाको हकमा पदीय जिम्मेवारी पुरा नगरी पाटी हितविपरित कार्य गर्दै आएकोमा मिति २०८१।०९ १८ गते बसेको केन्दिय कार्यसम्पादन समितिको निर्णयअनुसार निजहरूलाई स्पष्टीकरण सोधी कार्वाहिको प्रक्रिया अगाडि बढाइ रहेको अवस्थामा पाटी परित्याग गरेका हुन भने अर्का पुष्प राज पराजुलीले २०७९, ०७ २९ गते नै पार्टी प्रवेश गरेको समाचार अनुसार हाम्रो पार्टीले २०७९, १० ७ गते नै निजलाई कारबाही स्वरूप साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । त्यस अनुसार पार्टीका सर्वोच्च नेता हरीवोल भट्टराईद्वारा स्वास्थ्यको कारण देखाइ २०८१ ०५ १२ गते दिएको राजीनामा स्वीकार भैसकेको अवस्थामा कसरी यो पार्टीको वरिष्ठ नेता रहलान् र ?

यस्ता प्रवृत्ति र प्राकृतिक पात्रहरू जो बिपी काँग्रेस पार्टीमा आबद्ध रहेर बिपी विचार र सिद्धान्तको विपरीत गई बारम्बार पार्टीमा भिजिलात्ते प्रवृत्ति प्रदर्शन गर्ने, अराजनैतिक व्यवहार गरी पाटी पक्तिलाई नै ध्वस्त पार्न खोज्ने, पाटी भन्दा सहकारीमा बढी ध्यान दिने, पाटीले वर्तमान भ्रष्ट प्रणाली विरुद्ध शान्तिपूर्ण आन्दोलन सञ्चालन गर्ने निर्णय विरुद्ध उभिने नितान्त निजी फाइदाको लागि जुनसुकै दल या अभियानसँग टाँसिने तथा पहिला नै बिपी काँग्रेस छाडेका, कारबाहीमा परेका व्यक्तिलाई आफ्नो पार्टीमा प्रवेश गराएर प्रचार प्रसारमा लिप्त नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निकृष्ट नियत स्पष्ट झल्किन्छ । बिपी काँग्रेस जननेता बिपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्त नीति र आदर्श प्रति अटल आस्था राख्ने पार्टी हो । राष्ट्रियता र प्रजातान्त्रिक समाजवादबाट मात्रै देशले अग्रगमन यात्रा तय गर्न सक्छ भन्ने पार्टीले गौरवमय कान्तिका निम्ति केही राजनीतिक शक्तिको आडमा बिपी काँग्रेसलाई ध्वस्त पार्न खोज्नेका विरुद्ध चट्टान झैँ उभिने छ र निरन्तर राष्ट्रिय हित अनुकूल अभियानमा समर्पित रहने छ । सम्पूर्ण व्यक्ति, समाचार माध्यममा स्पष्ट होस, समाचारमा उल्लेखित पात्रहरू पार्टीको तर्फबाट निर्वाचन आयोगमा समेत नरहेको तर जालसाजीपूर्ण तरिकाले पदाधिकारी हुँ भन्दै अर्को पार्टी ठुलो पद आंकाक्षी तथा आफ्नो विगत ढाकछोप गर्ने पात्रहरू रहेको जानकारी गराउँदै सम्पूर्ण पार्टी पङ्क्तिमा यस्ता चरित्रका पात्रले छर्ने भ्रमका प्रचारलाई चिर्दै अघि बढ्न आव्हान गर्दछु ।’

सभापति सुशिलमान शेरचनद्वारा प्रकाशित विज्ञप्ति

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *