लामिछानेको रिहाइमा खुसीयाली मनाउनु पर्ने कारण नहरेको सुर्य थापाको टिप्पणी
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइमा खुसीयाली मनाउनु पर्ने कारण नहरेको टिप्पणी गरेका छन् ।
सभापति थापाले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फमा व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै टिप्पणी गरेका हुन् । उनले ६५ लाख धरौटीमा रिहा हुँदा सफाइ पाएको भन्दै चचहुई गर्नुपर्नेको औचित्य नरहेको बताएका छन् । काठमाडौँ, बुटवल ,चितवन र वीरगन्ज सुनुवाइ बाँकी रहेकोले खुसीयाली मनाउन हतार गर्नुपर्ने कारण नरहेको उनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्
रवी जिम्मेवार/कारबाहीको सिफारिस-क्लिन चिट !!
रवी निर्दोष छन्- हाहा हुहु !!
अनुसन्धानको लागि पक्राउ- सरकार म-यो/जुठो बार !!
अनुसन्धान-अभियोजन-हिरासत- राजनीतिक प्रतिशोध !!
अदालती सुनुवाई- न्याय मरेको छैन !!
६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!!
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन- हिहि !!
सहकारीको करोडौं बचत दुरूपयोग- छिछि !!
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज – सुनुवाई छ कि!!