नवलपरासीको दुम्कीबासमा पुल भाँचिँदा पश्चिम राजमार्ग यातायात अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाँचिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो । शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोलामा रहेको पुल भाँचिएको प्रहरीले जनाएको छ ।

डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । यातायात सञ्चालनका लागि डाईभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका एसपी यादव ढकालले बताए । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुण खोलामा रोकिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *