सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरूलाई सेतो छडी सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेस प्रदेशको सप्तरी जिल्लामा अपाङ्गता संरक्षण नेपालद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनहरूलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरूको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम,३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *