‘आईसी डिजाइनर रनवे’का लागि २५० मोडलले दिए अडिसन

काठमाडौँ । १४औँ ‘आईसी डिजाइनर रनवे’का लागि २५० मोडलले अडिसन दिएका छन् । मोडल छनौटका लागि काठमाडौँको होटल याक एन्ड यतिमा आयोजित पहिलो चरणको अडिसनमा केटा र केटी मोडल गरेर २५० मोडलले अडिसन दिएका हुन् । छनौट चरणको अर्को अडिसन आउँदो साता विराटनगर, पोखरा र बुटवलमा हुने फेसन शोको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालले जनाएको छ । छनौट चरणको अडिसनमा आस्था पोखरेल (फेसन कोरियोग्राफर), सन्तोष लोक्सम लिम्बु (मिष्टर नेपाल २०२४), निमेश कपाली (फेसन मोडल), नम्रता श्रेष्ठ ( मिस नेपाल २०२०), राजभाई सुवाल (कमर्सियल फोटोग्राफर) निर्णायकको रूपमा रहेका थिए । काठमाडौँ र मोफसलको अडिसनबाट ३० फिमेल र ६ मेल मोडल फेसन शोका लागि छानिनेछन् । छानिएका मोडलले काठमाडौँमा आयोजना हुने फेसन शोमा क्याटवाक गर्नेछन् ‘आईसी डिजाइनर रनवे’ आगामी मार्च २८ र २९ गते काठमाडौँको होटल याक एण्ड यतिमा २ दिन आयोजना हुँदैछ । ‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । विगत धेरै वर्षदेखि नियमित एक दिन आयोजना हुँदै आएको फेसन सो यो वर्षदेखि अझ बृहत् रूपमा २ दिन आयोजना हुन लागेको छ । शोमा आइसी कलेजका विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक फरक पहिरन विभिन्न सिक्वेलमा प्रदर्शन हुनेछ । शोमा यो पटक नेपालका अधिकाम्स सेलिब्रेटी र्याम्पवाकमा देखिने आयोजकले जनाएको छ । अहिलेसम्मकै उत्कृष्ट र बृहत् फेसनको शोको रूपमा ‘आइससी डिजाइनर रनवे’ १४ आफूले प्रस्तुत गर्ने तयारी गरेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए । ‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *