सरकारले हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले संघीय संसद् हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो ।

विपक्षी दलले संसद् अधिवेशन तत्तकाल नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी समेत दिएका थिए । अधिवेशन बोलाउने बेलामा सरकारले अध्यादेश जारी गरेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रावधान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *