दयाहाङ र आँचल स्टारर ‘दुखी आत्मा’को रोमान्टिक ट्रेलर सार्वजनिक
काठमाडौं । दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दुखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ । एडल्ट ड्रामा फिल्मको ट्रेलरमा प्रेम, नोकझोंक र यौन मनोविज्ञानलाई चित्रण गरिएको छ । यसअघि फिल्मका टिजर, गीतसंगीत र ‘ब्रेकअप’ कविताले चर्चा पाएका छन् । सार्वजनिक ट्रेलरले पनि दर्शकको ध्यान तान्ने पक्का छ । फिल्म हलमा आउनुको १० दिनअघि ट्रेलर सार्वजनिक भएको हो ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा अनुपविक्रम शाही, वुद्दिद्धतामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ ।