पाथीभरा केबलकारको बिरोधमा उत्रिएको समूह वार्ताकालागि तयार
काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको बिरोधमा उत्रिएको समूह वार्ताका लागि तयार भएको छ । सरकारले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ । मुक्कुमलुङ संरक्षक संस्था,राजनीतिक दलहरूद्वारा वार्ता सहजीकरण समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । आन्दोलनरत पक्षका तर्फबाट प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको हो ।
मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङले पाथिभरा क्षेत्रमा केबलकार निर्माण खारेजीको माग गर्दै आन्दोलन गर्दै आएको छ । उक्त समूहले अरुणपूर्व नौ जिल्ला अनिश्चितकालीन यातायात बन्द सहितको आन्दोलन गरिरहेको छ । वार्ता र संवादको माध्यमबाट केबलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्छ भन्नेमा आफूहरु सकारात्मक रहेको विज्ञप्तिमा जनाइएको छ ।