०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्यो- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन् ।

आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब जनता तिरै फर्कने कसम आफूले खाएको पनि दाबी गरे । ‘हामी माओवादीहरूलाई पहिलो चोटि जनताले अपार विश्वास गरेकै हो । काँग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो । हामीलाई तपाईँहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो,’ प्रचण्डले सम्बोधनको क्रममा भने ।

साथै, उनले सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको दाबी गरे । उनले आफ्नै छोराछोरी सम्झेर माओवादीलाई माफी गरिदिन पनि आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *