आयोजक सहारा क्लब पहिलो खेलबाटै बाहिरियो

काठमाडौं । आयोजक सहारा क्लब पोखरा २४औँ आहा रारा गोल्डकपको उद्घाटन खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमै सहाराले विभागीय टोली नेपाल पुलिस क्लबसँग १–० को साँघुरो हार बेहोरेको हो । पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन उज्ज्वल राईको गोल निर्णायक बन्यो । खेलको ३६औँ मिनेटमा उज्ज्वलले कर्नरबाट सोझै गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए ।

जितसँगै पुलिसले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पुलिसले अब सेमिफाइनलमा प्रवेशका निम्ति बाई पाएको ब्रिगेड ब्वाइज क्लब युकेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मोफसलकै सबैभन्दा प्रतिष्ठित यस प्रतियोगिताको २४औँ संस्करणमा १२ टोलीको सहभागिता छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *