नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

काठमाडौँ । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् । 

उनी २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए । विष्ट गठबन्धनबाट उम्मेदवार बनेका थिए । उपमेयरमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *