हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://satyagrahaonline.com/wp-content/uploads/2025/02/hh.png)