यामाहा नेपाल र हेल्मेट्स नेपालबीच सम्झौता

काठमाडौं । हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्य गर्ने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भयो । सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध हुने छन् । पहिलो चरणमा काठमाडौंका शोरुम टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहने छन् ।

नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिष्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसिसोरिजहरूको सुविधा प्राप्त गर्न सक्नेछन् । यसअघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानबाट सेवा प्रदान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *