महिन्द्रा केयर फेस्ट १८ फागुनदेखि
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले १८ फागुनदेखि देशव्यापी रूपमा महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । २३ फागुनसम्म सञ्चालन हुने फेस्टमा ४५–पोइन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप,म्यक्सिमाइले लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथै अन्य उपहारको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार महिन्द्राका ग्राहकले देशभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर केयर फेस्टमा सहभागी हुन सक्नेछन् । साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । महिन्द्राका सर्टिफाइड प्रि वन्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।