टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस

काठमाडौँ । नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो। कार्यक्रममा सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन साथै नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भएको थियो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरू उपस्थित भएका थिए ।

तस्विरहरु

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *