जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न
भक्तपुर । सुर्यबिनायक नगरपालिका नगर कार्यसमितिको कार्यक्रम,जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सुर्यबिनायक नगरपालिका वडा नै ३ का वडा अध्यक्ष दिपेन्द्र केसिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वडा सदस्यहरु घनश्याम भट्टराई ,हेमा दाहाल खतिवडा र जनक भण्डारी तथा जेष्ठ नागरिक समन्वय समिति ३ वडाका संयोजक बिश्वनाथ ढुङ्गेलको उपस्थिति रहेको थियो । सुर्यबिनायक नगरपालिका उपमेयर तथा प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका जेष्ठ नागरिक समन्वय समितिका संयोजक सरिता भट्टराई तिमल्सिनाले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उपमेयर तिमल्सिनाले नगरपालिकाले सुरु गर्न लागेको यो पहिलो चरणको कार्यक्रम भएकोले अब के कस्ता कार्यक्रम गरेर लाभान्वित हुन सकिनेछ हामी यहाँहरु सगैँ छलफल गरेर दोस्रो चरणको लाभान्वित कार्यक्रम ल्याउछौं भनी आफ्ना भावना व्यक्त गर्नुभयो ।

जेष्ठ नागरिक समन्वय समिति सदस्यहरुमा संयोजक बिश्वनाथ ढुङ्गेल उप संयोजक नारायणकुमार गुरागांई,सचिव शुभनाथ काफ्ले, सहसचिव पदमप्रसाद भण्डारी, कोषाध्यक्ष शुष्मा श्रेष्ठ, सदस्यहरु बिजयकुमार बस्नेत,सन्ध्या भट्टराई ,कल्पना गेलाल,जिवनाथ न्यौपाने र जेष्ठ सदस्य गणेश प्रसाद ढुङ्गेलको पनि उपस्थित रहेको थियो । कार्यक्रममा वडा सदस्य हेमा दाहाल खतिवडा र जनक भण्डारिले घर घरमा चेतना हुनु पर्दछ। आफ्नो घर कसरी सहज बनाउनेतर्फ लागेमा समाज त्यसै परीवर्तन हुन्छ । यसैवाट पुस्तान्तरण हुन पनि सकिनेछ भनी पुस्तान्तरण सम्वन्धि महत्वपूर्ण जिज्ञासाले उपस्थित सबैलाई स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रम सञ्चालन सुर्यबिनायक नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारी शर्मिला भण्डारीले गर्नु भएको थियो भने अन्य व्यवस्थापनमा वडा सचिव शेषराज दाहालले गर्नु भएको थियो । त्यसैगरी सुर्यबिनायकनगरपालिकाबाट कर्मचारी दिपेश बिसुङखे र परिष्कृत दाहालले कार्यक्रम सञ्चालनमा उपस्थिति सवैको परिचय तथा पुस्तान्तरण सम्बन्धि विभिन्न किसिमले जानकारी दिनुभएको थियो।

मनोक्रान्तिका बिषयमा प्रशिक्षक कञ्चन घिमिरेवाट प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी महिला,बाबालिका तथा जेष्ठ नागरिक समन्वय समिति नगर शाखा प्रमुख बिजया सुवेदीले आगामि दिनमा स्वास्थ्य सम्बन्धि बिशेष कार्यक्रम राख्नका लागि नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । पुराना रितिहरुलाई एकै पटक परिवर्तन गर्न पनि नसकिने हुदा क्रमिक रुपमा स्वतः हटदै जानेछ भन्ने कुरा पनि शाखा प्रमुख बिजया सुवेदिले बताउनु भयो । कार्यक्रममा यहांहरु सवैलाई सक्दो सेवाभावले सहयोग गर्नेनै छु । यहांहरु सवैलाई धैर्यताकासाथ कार्यक्रममा बसेर जे जस्तो सेवा लिनु भयो भन्दै वडा अध्यक्ष दिपेन्द्र केसीले सवैलाई धन्यवाद दिदैं कार्यक्रम समापन भएको थियो ।