एमालेको सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको नेकपा एमालेले जनाएको छ । आजको यस बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने कार्यसुची रहेको छ । सरकारले जारी गरेको ६ वटा अध्यादेश संसदमा पेश हुन सकेको छैन । प्रतिनिधिसभामा सत्ता पक्षको बहुमत भएपनि राष्ट्रियसभामा संख्या अपुग रहेकाले अध्यादेश पेश हुन नसकेको हो ।

सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *