प्रियंका, रेखा र रोहिणीद्वारा बाटिका क्रियसनको उद्घाटन

काठमाण्डौं । अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापागाउँमा रहेको बाटिका क्रियसन बुटिकको उद्घाटन गरेका छन् । अभिनेत्री प्रियंका, गायिका रेखा र नेपाल खाना बिज्ञ रोहिणीले यो बुटिकको रिबन काटेर उद्घाटन गरेका हुन् । यो बुटिकलाई मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापनासँगै सञ्चालन गर्दै आएकी हुन् । अभिनेत्री प्रियंका कार्कीले आफूले चाहे अनुसारका विभिन्न शैली र डिजाइनका पहिरन बाटिका क्रियसन बुटिकमा रहेकाले आफूले पनि बाटिका क्रियसनको पहिरन प्रयोग गर्ने बताइन् । सबै प्रकारका पहिरन एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य सहित स्थापित बाटिकाको सफलताको लागि प्रियंकाले गोमालाई शुभकामना दिइन् । चलचित्र, म्युजिक भिडियोको छायांकन तथा विभिन्न समारोहमा अतिथिको रूपमा सहभागी हुन तुरुन्तै कपडा चाहिने हुँदा त्यस्ता कपडा बाटिका क्रियसनबाट आफूलाई सहजै उपलब्ध हुने विश्वास पनि नायिका प्रियंकाले व्यक्त गरिन् । यस्तै गायिका रेखा शाहले लामो समयदेखि आफूले बाटिका क्रियसन बुटिकका पहिरनहरू प्रयोग गर्दै आएको बताइन् । बुटिकको उद्घाटनमा गोमालाई सफलताको शुभकामना दिँदै रेखाले बाटिकाको पहिरन नेपालका अन्य बुटिकको तुलनामा सस्तोसँगै गुणस्तरिय भएको पनि जिकिर गरिन् । आफूले विभिन्न म्युजिक भिडियो देखि पार्टीहरुमा पनि बाटिक क्रियसनकै पहिरन प्रयोग गर्दै आएको पनि गायिका रेखा शाहले बताइन् ।

लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापा गाउँमा रहेका बाटिका क्रियसन बुटिक फेसनेवलहरुका लागि राम्रो बुटिक हुने बताइन् । आफूले पनि बाटिका क्रियसनको पहिरन प्रयोग गर्दै आएको उनले बताइन् । बाटिका क्रियसनलाई बृहत रूपमा सञ्चालनमा ल्याएकोमा रोहिणीले गोमालाई शुभकामना दिइन् । नेपाली सेनाको प्राविधिक क्षेत्रमा लामो समय योगदान दिएर अवकाश प्राप्त भएपछि फेशन व्यवसायमा लागेर गोमाले फरक परिचय बनाएको भन्दै नेपाली सैनिक महिला संघकी पूर्व अध्यक्ष रोहिणीले खुसी व्यक्त गरिन् । बाटिकाकी सञ्चालक गोमाले बाटिका बुटिकको स्थापना २०७६ सालमा सानो सटरमा गरेकी थिइन् । यति बेला भने महिला, पुरुष र बालबालिका सबैलाई लक्षित गरेर पुन सञ्चालनमा ल्याइएको गोमाले उद्घाटन समारोहमा बताइन् । आफ्नो बुटिकमा दैनिक जीवनमा प्रयोग हुने अनौपचारिक देखि विभिन्न पार्टी, समारोह, सभा सम्मेलनको लागि आवश्यक औपचारिक परिन बुटिक र तयारी दुवै अवस्थामा पाइने पनि गोमाले जानकारी गराईन् । बुटिक भन्नासाथ महँगो हुन्छ भन्ने अवधारणा आम जनमानसमा रहेको भए पनि आफ्नो बुटिकमा सस्तो देखि महँगोसम्म सबै मूल्यको कपडा पाइने पनि गोमाले बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *