हृदयघातपछि पूर्वयुवराज पारस अस्पताल भर्ना
काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ।
आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए । अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएकाे छ ।
यसअघि पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो ।
















