राष्ट्रिय सभाको बैठक आज पनि बस्दै
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १:१५ बजे बस्नेछ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तैगरी, अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
