यामाहा नेपालले सार्वजनिक गर्यो यामाहा डब्लूआर १५५आर
काठमाण्डौं । यामाहा नेपालले अनरोड र अफरोड एड्भेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल “यामाहा डब्लूआर १५५आर” आधिकारिक रूपमा सार्वजनिक गरेको छ । “यामाहा डब्लूआर १५५आर” धुलिखेलको डर्ट टेम्पलमा उत्साहले भरिपूर्ण लन्च कार्यक्रमका साथ आयोजना गरिएको थियो । कार्यक्रममा दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले डब्लूआर १५५आरका ग्राहकहरूलाई एकमुस्ट साँचो हस्तान्तरण गरेका थिए। राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफ रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्यो । तालिमपछि राइडरहरूले ओपन डर्ट ट्र्याकमा डब्लूआर १५५आरको क्षमताको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कन्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसरसमेत पाएका थिए । डब्लूआर १५५आर यामाहाको डुअल पर्पोज सेगमेन्टमा नवीनतम अफर हो, जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ९रोड सवारीको रोमाञ्च खोज्नेहरूका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
यसमा शक्तिशाली १५५सीसी लिक्विड९कुल्ड रहेको छ भने यामाहाको उन्नत प्रविधिबाट तयार भएको भीभीए इन्जिन यसमा जडान भएकाले सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्ने दाबी कम्पनीको छ । यस बाइकमा हल्का तौल र टिकाउ फ्रेम रहेकाले अफरोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको अनुभव गर्न पाइनेछ । यो बाइक उच्चकोटीको स्थिरता र नियन्त्रणका लागि टेलिस्कोपिक फ्रन्ट फोर्क र लिङ्क टाइप रियर सस्पेन्सनले सुसज्जित छ । २४५ मिमि उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१ इन्च फ्रन्ट ह्वील यस बाइकमा रहेका कारण चरम भूभाग र अवरोधहरू सजिलैसँग सामना गर्न सकिन्छ । त्यस्तै, उत्कृष्ट ब्रेकिङ प्रणाली रहेकाले अगाडि र पछाडिको डिस्क ब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्दछ । कम्पनीका अनुसार डब्लूआर १५५आर केवल एक मोटरसाइकल मात्र होइन, यो नयाँ भूभागहरू जित्ने र पहिले कहिल्यै नभएको स्वतन्त्रताको अनुभव गर्ने निमन्त्रणा पनि हो । डब्लूआर १५५आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध रहेको र यो बियोन्ड हिमालय जान साहस गर्नेहरूका लागि तयार रहेको कम्पनीको भनाइ छ ।