पूर्वराजालाई सडकमा मैले ल्याएको हो, अरु धमीलो पानीमा माछा मार्न आए- प्रसाईं

काठमाडौं । दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्थाको अन्त्य भएको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलन गर्दै उनले कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर गरेका कारण राजसंस्थाको अन्त्य भएको आरोप लगाएका हुन् । साथै उनले अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आएको बताए । ‘२०७२ सालमा कमल थापा र राजेन्द्र लिङ्देनले हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,’ उनले प्रश्न गर्दै भने, ‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?’

उनले माहोल बनेपछि आएका कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश व्यक्त गरे । ‘चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुप¥यो रे । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ?,’ उनले प्रश्न गर्दै भने, ‘राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं, तपाइँ रथ चलाउनू । ’

त्यस्तै उनले कसैले पनि अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन नसकेको बताउँदै आफूले नै ल्याएको दाबी समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *