पूर्वराजाको नामबाट संसद् तरंगित हुनु खुसीको कुरा- सांसद ध्रुवबहादुर प्रधान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजाको नामबाट संसद् तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै आपत्ति जनाए । भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्न सक्ने कुराको हेक्का राख्न चेतावनी दिए । संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा नरहेको उल्लेख गर्दै उनले अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे ।

‘आज सदन राजाको नामले तरंगित छ, अति खुसीको कुरा हामी हर्षित छौँ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गत राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भूमिका बिर्सी बक्सिएन,’ प्रधानले भने, ‘आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन, जनताको हित गर्न सक्दैन, त्यसकारण यो सन्दर्भमा सबै जना एकसाथ जुटौँ भन्ने सन्देशलाई सबै नेपालीले आत्मसात् गरे । २५ गते पोखराबाट फिर्ती सवारी हुँदा स्वतःस्फूर्त जनता स्वागत गर्न एयरपोर्टबाट निर्मल निवाससम्म सरिक रह्यो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *