इसेवाको ‘होली केयर’ सार्वजनिक

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना ‘होली केयर’ सार्वजनिक गरेको छ । मात्र १० रुपैयाँमा उपलब्ध यो बीमा योजनाले एक हप्ता सम्मको लागि दुर्घटना बीमा र अस्पताल खर्च सुरक्षा प्रदान गर्दछ।

यस योजनाले होलीमा हुन सक्ने आकस्मिक घटनालाई मध्यनजर गर्दै सुरक्षित र चिन्तामुक्त तवरले पर्व मनाउन सहयोग गर्ने उद्देश्य राखेको छ । इसेवा र हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा ल्याइएको यो बीमा योजनाले डिजिटल प्रविधिको माध्यमबाट सहज रूपमा खरिद गर्न सकिनेछ । यो सेवा इसेवा एप मार्फत लिन सकिनेछ । होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन इसेवा सबैलाई सचेत रहन आग्रह गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *