टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा१ख २६२२ नम्बरको टिपरले प्र३ ०२ ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका ११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका ६ का रमेश तामाङको मृत्यु भएको हो ।

टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । ठक्कर दिने टिपरका चालक फरार रहेका छन् । टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *