उपत्यकाका आंगिक क्याम्पसमा कहाँ कसले जिते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । काठमाडौं उपत्यकामा रहेका आंगिक क्याम्पसमध्ये नेपाल कमर्स क्याम्पस (एनसीसी) र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उमेदवार विजयी भएका छन् । एनसीसीमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०का उमेदवार विजयी भएका छन् । थापाथलीमा प्रह्लाद खड्का र महाराजगन्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार, जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उमेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आंगिक र २५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *