काभ्रे क्याम्पसमा अखिल र क्रान्तिकारी गठबन्धनलाई हराउँदै नेविसंघ विजयी

काभ्रेपलाञ्चोक । काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवार अनेरास्वियुका मिलन गौतमलाई १५३ मतान्तरले हराउँदै सभापतिमा नेविसंघका रोहिन पराजुली निर्वाचित भएका हुन् । पराजुलीले २७२ मत ल्याउँदा गौतमले ११९ मत ल्याए । सचिवमा नेविसंघकौ तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्वियूका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् । कुल ५४१ मतमध्ये ३९६ मत खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *