बानेश्वरमा दलित अभियन्ताहरूको विरोध प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

‘दलितलाई खै’ लेखिएको नारासहित अर्धनग्न रूपमा प्रदर्शनमा उत्रिएका अभियन्ताहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि केहीबेर तनावको अवस्था सिर्जना भयो।

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो। निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्दा दुबै पक्षबीच भनाभन चलेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *