काठमाडौँमा आज एसइई परीक्षा दिएका विद्यार्थीलाई महानगरले घरसम्म पुर्याइदिने
काठमाडौँ । काठमाडौँ महानगरले आज काठमाडौँमा एसइइ परीक्षा दिएका विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध गराइदिने भएको छ ।
महानगरले घर फर्किन समस्या भएमा महानगर प्रहरी बललाई सम्पर्क गर्न भन्दै घरसम्म पुर्याइदिने जानकारी दिएको छ । परीक्षामा खटिने केन्द्राध्यक्ष र शिक्षकहरुलाई विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरिदिन र आवश्यक परे आफैँ पनि सुविधा लिन समेत महानगरले अनुरोध गरेको छ ।
आज राजावादी र गणतन्त्रवादीको प्रदर्शनका कारण बिहानदेखि नै ट्राफिक व्यवस्था अस्तव्यस्त भएपछि महानगरले यस्तो कदम चालेको हो ।
महानगर प्रहरी बलका निम्न नम्बरमा सम्पर्क गर्न सकिने छ:
– बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६
– रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, ९८५१०९३१७६
– नयाँ बसपार्कतर्फका लागि, नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, ९८५१२३३६३३
– टेकुतर्फका लागि, नगर प्रहरी निरीक्षक, प्रकाश पण्डित, ९८५१०५६३४६
– महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९