नेपाली सेनाको एक जहाज मेडिकल राहतसहित म्यानमार प्रस्थान

काठमाडौँ । नेपाली सेनाको एक जहाज मेडिकल राहतसहित म्यानमार प्रस्थान गरेको छ ।

भूकम्पबाट प्रभावित म्यानमारमा उद्धार र स्वास्थ्य सहायता प्रदान गर्न यो टोली त्यसतर्फ उडेको हो । टोलीमा चिकित्सक, स्वास्थ्यकर्मी, औषधि र आवश्यक मेडिकल उपकरणहरू समावेश छन् । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको र घाइतेहरूको संख्या बढिरहेको समाचारहरू आएपछि नेपालले सहयोगको हात अघि बढाएको छ ।

यो टोलीले करिब ६ दिनसम्म त्यहाँ रहेर उद्धार कार्यमा सहयोग र घाइतेहरूको उपचारमा जोड दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *