गीतकार थापालाई १ लाखसहित लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाण्डौं । १५ औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ। राष्ट्रिय नाचघरमा आयोजित समारोहमा विभिन्न संगीतकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो। विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ मा नगद १ लाख रूपैयाँसहित गीतकार राजेन्द्र थापालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। त्यस्तै, ५० हजार राशिसहित गायिका संगीता शाक्यलाई विन्ध्यवासिनी संगीत साधना सम्मानबाट सम्मानित गरियो। प्रेमध्वज संगीत रत्न सम्मानबाट नगद २५ हजार रूपैयाँसहित गायिका निशा देशार सम्मानित भइन्। गायक शिरीष देवकोटा नगद २५ हजारसहित झलकमान लोक संगीत सम्मानबाट सम्मानित भए। विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २५ हजार नगदसहित शारदा थापालाई प्रदान गरियो। पछिल्लो समयको सर्वाधिक हिट गीत दुश्मन हेरेको हेर्यै बाट गायक दुर्गेश थापालाई विशेष अवार्ड दिइयो। सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडलको अवार्ड काइँला गीतबाट पल शाह र नारायणी खत्रीलाई प्रदान गरियो।

सुगम संगीततर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ह्दयमा बाट राज सिग्देलले पाए भने सर्वोत्कृष्ट गायिकाको अवार्ड मौसम आउला बाट उषा गजुरेलले हात पारिन्। सोही विधातर्फ संगीतकारमा छौ नि तिमी आहा बाट श्रीधर अधिकारी, रचनामा तिमीलाई माया गर्ने मुटुु बाट चिरञ्जिवी पौडेलले अवार्ड पाए। युगल गायनको अवार्ड पिरिम गाडी गीतबाट गायक वैकुण्ठ महत र गायिका वेनिशा पौडेललाई दिइयो। लोक दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड बस्यौ अलक्कै बाट अर्जुन सापकोटालाई प्रदान गरियो भने सर्वोत्कृष्ट गायिकाको अवार्ड नमस्ते ढोगदियाबाट कविता खत्रीले प्राप्त गरिन्। सर्वोत्कृष्ट लोकदोहोरी गीतकारको अवार्ड कन्या राशी बाट नारायण ज्ञवालीलाई दिइयो भने सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अवार्ड मर्ने सुइ लाइदेउ बाट खेम पुनलाई प्रदान गरियो। त्यस्तै, सर्वोत्कृष्ट गीतमा जुन माया बाट पुरूषोत्तम ढुंगेलले अवार्ड पाए। माया आउने बस बाट मोडल जुना विश्वकर्मालाई पपुलर अवार्ड दिइयो भने सोही गीतबाट अनिल पौडेलले पब्लिक च्वाइस अवार्ड उचाले।

जुरी अवार्डतर्फ गायनमा सञ्जय देवकोटा (कुरा बुझिदेउन), संगीतमा तल्लो बाटो गीतबाट खेम सेञ्चुरीले अवार्ड उचाले भने गीतकारको अवार्ड दुख साटम्लाबाट सन्तोष सापकोटालाई प्रदान गरियो। जुरी अवार्डतर्फै भिडिओमा स्मृति तिमिल्सिना, अभिनयमा विक्रम बुढाथोकी र एलिना रायमाझी (हारेँ मैले मायामा) ले अवार्ड पाए। सर्वोत्कृष्ट पप तथा आधुनिक भिडिओ मोडलमा विदाइ २ गीतबाट विनोद श्रेष्ठ र उषा सुवेदीलाई अवार्ड दिइयो। सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडिओ निर्देशकको अवार्ड भाग्यमा रून लेखेको बाट निशान बानियाँले पाए भने सुगम संगीततर्फ निर्देशकको अवार्ड मेरी बाठी माया गीतबाट विशाल घिमिरेलाई दिइयो। सर्वोत्कृष्ट म्युजिक भिडिओ छायांकारको अवार्ड मायालाई पानको पातु बाट पवन सुस्लिङले पाए भने सम्पादनको अवार्ड मयाली बाट अमृत चापागाईंलाई प्रदान गरियो। अरूलाई के भनु मायालुु गीतबाट प्रेम सापकोटालाई नवप्रतिभा अवार्ड दिइएको थियो। अवार्ड कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिसमेत भएको थियो। विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्ष म्युजिक अवार्ड गर्दै आएको छ। यसको अध्यक्षमा लिना रेग्मी र प्रबन्ध निर्देशकमा सुवास रेग्मी छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *