बुडोल सामुदायीक साकोसका सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट

काभ्रे । बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बनेपास्थित बनेपा भेटेरीनरी ड्रग सप्लायर्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात संस्थामा आबद्ध सदस्यहरुले सबै खालका औषधीहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सदस्यहरुलाई गोबर जाँच, मरेको कुखुराको पोष्टमार्टम र प्राविधिक परामर्श निःशुल्क उपलब्ध गराउने व्यहोरा सम्झौतामा उल्लेख गरिएको छ । संस्थाका तर्फबाट उपाध्यक्ष प्रकाश भुर्तेल र बनेपा भेटेरीनरी ड्रग सप्लायर्सका तर्फबाट प्रोप्राइटर राजेश मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो । छुट तथा अन्य सुविधा प्राप्त गर्नको लागि सम्बन्धित सदस्यले संस्थाबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने संस्थाले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *