नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता सेयर वैशाख १२ गतेदेखि बिक्री खुला

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९ सय १ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।

जसमध्ये संस्थापक समूहको बिक्री नभएको ४३ हजार ७ सय ७९ कित्ता र सर्वसाधारण समूहको बिक्री नभएको १ लाख ८१ हजार ४ सय ८१ कित्ता गरी कुल २ लाख २५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम् संस्थापकतर्फ १ हजार कित्ता र सर्वसाधारणतर्फ १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले वैशाख २१ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *