शिक्षक आन्दोलनमा घसपैठको आरोपमा एक जना प्रहरी नियन्त्रणमा
काठमाडौं । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
आज विजुलीबजारमा भइरहेको शिक्षक प्रदर्शनका क्रममा शिक्षकहरुका विरुद्ध नाराबाजी गरेपछि आन्दोलनरत शिक्षकहरुले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीको जिम्मा लगाउनु अघि शिक्षकहरूले उनीमाथि सामान्य कुटपटि गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि समेत शिक्षकहरू उनीमाथि झम्टिन पुगेका थिए ।
पक्राउ परेका ती व्यक्तिले आफू विद्यार्थीको अभिभावक भएको बताएका छन् ।