मेटलाइफको ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक
काठमाडौं । मेटलाइफ नेपालले राजधानीमा आयोजित कार्यक्रममा नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस सार्वजनिक गरेको छ । कार्यक्रम सार्वजनिक भएको एक घण्टाभित्रै १०० भन्दा बढी पोलिसी बुक हुँदै यस योजनाले नेपाली बीमा बजारमा उत्साहजनक सुरुवात गरेको छ । ‘डबल प्रोटेक्सन प्लस’ योजनालाई नेपालमा पहिलो पटक उच्च बीमा सुरक्षा र दीर्घकालीन बचत सुविधा एउटै योजनामा समेटिएको नवप्रवर्तित बीमा योजना भनिएको छ । ग्राहकलाई डबल बीमाङ्क रकमको लाभ, लचिलो प्रिमियम भुक्तानी, तथा बुस्टर फन्ड र लयाल्टी रिवार्डजस्ता थप सुविधाहरू यस योजनामा उपलब्ध छन् । यस योजनामा ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी गर्न सक्ने वा ५ वा १० वर्ष अवधिका लागि सीमित प्रिमियम भुक्तानी विकल्प रोज्न सक्नेछन् ।
बीमा सुरक्षा भने ७५ वर्षसम्म सुनिश्चित हुनेछ । यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ । मेटलाइफका अनुसार, दुर्घटना, रोग वा पूर्ण स्थायी अपाङ्गता वा मृत्युका अवस्थामा बीमाङ्क रकमको दोब्बर लाभ प्रदान गरिनेछ । साथै, मेटलाइफको सेग्रेगेटेड फन्डको प्रतिफलको आधारमा प्रत्येक वर्ष ‘बुस्टर फन्ड लाभ’ र हरेक पाँच वर्षको अन्तरालमा ‘लयाल्टी रिवार्ड’ पनि प्रदान गरिने उल्लेख गरिएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रममा भने, ुडबल प्रोटेक्सन प्लस योजनाले नेपालीहरूलाई केवल बीमा सुरक्षामात्र होइन, मानसिक शान्ति र वित्तीय स्थायित्वको अनुभूति दिलाउनेछ । भविष्यप्रति विश्वास र सुरक्षाको अनुभूति दिलाउनु नै हाम्रो उद्देश्य हो । सुरुवाती सफलताका साथ यो योजना मेटलाइफको एक महत्वपूर्ण उपलब्धि मात्र नभई, नेपाली बीमा बजारको आधुनिक र भरपर्दो विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।